हाम्रो बारेमा
ब्याट्री नेपाल, हामी ज्ञान बाँड्नु पर्छ भन्ने विश्वास गर्छौं । ब्याट्रीहरू आधुनिक प्रविधिको मुटु हुन र हरेक ठाँउमा प्रयोग भइ नै रहेका छन, चाहे त्यो लिड एसिड होस् या लिथियम होस् । प्रयोग गरिसके पछि यसबाट लामो समयसम्म काम लिनको लागी यसले कसरी काम गर्छ भनेर बुझ्नु महत्त्वपूर्ण हुन्छ । कति पटक सिक्ने कुरामा भाषाले गर्दा बुझ्नमा समस्या हुन्छ, त्यसैले हामीले आफ्नै भाषामा यो वेबसाइट सन्चालनमा ल्याएका हौं ।
हाम्रो साइटले ब्याट्री सम्बन्धि सामान्य ज्ञान देखि लिथियम-आयन र नवीकरणीय ऊर्जा भण्डारणमा भएका आविष्कारहरू सम्म सबै कुरा समेट्ने प्रयास गर्नेछ । सामान्य आफैले घरैमा गर्न सकिने मर्मत-संभार सम्बन्धि जानकारीहरु पनि समेट्नेछ । गाडीको मोडेल अनुसार ब्याट्रि साइज, ब्याट्रि सम्बन्धि लेखहरु, पावर क्याल्कुलेटर जस्ता महत्वपूर्ण कुराहरु समेटेका छौं । हामी लामो समयदेखि ब्याट्रिको क्षेत्रमा काम गरिरहेकोले जानकारीको लागी हामीलाई इमेल गर्न सक्नुहुन्छ तथा फेसबुक पेज फलो गर्न सक्नुहुन्छ र हामीले सकेको सहयोग गर्नेछौं । हामी सल्लाह, सुझाबको संधै भोका रहनेछौं । यो वेब साइटबाट बिक्री वितरण भने हुने छैन । धन्याबाद !