ब्याट्री के हो? (What is Battery ?)
ब्याट्री एउटा उपकरण हो जसले बिधुतिय ऊर्जालाई रासायनिक ऊर्जाको रूपमा भण्डारण गर्दछ । र लोडलाई चहिए अनुसार बिधुत पठाउंछ । ब्याट्रीमा रासायनिक प्रतिक्रिया भएपछि हामीले हाम्रा यन्त्रहरूमा शक्ति प्राप्त गर्छौं। यसमा एक वा एकभन्दा धेरै इलेक्ट्रोकेमिकल सेलहरु र टर्मिनलहरु हुन्छन जसमा पोजिटिभ (+) लाई एनोड र नेगेटिभ (-) लाई क्याथोड भनिन्छ । हामीले लोड जडान गर्दा रासायनिक ऊर्जा विधुत ऊर्जामा परिणत हुन्छ र यो बिजुलीबाट साना खेलौना देखि ठूला गाडीहरु सम्म सबै प्रकारका चीजहरु चलाउन सकिन्छ ।
यसले कसरी काम गर्छ ? ( How does it work? )
ब्याट्री भित्र एकअर्कासँग प्रतिक्रिया गर्ने र बिधुत उत्पादन गर्न सक्ने रसायनहरू राखिएका हुनछन । जब तपाइँ ब्याट्रीलाई उपकरणमा जडान गर्नुहुन्छ, जस्तै टर्चलाइट वा रिमोट कन्ट्रोल अथवा कुनै पनि लोड, यसले रसायनहरूलाई एक-अर्कासँग प्रतिक्रिया गर्न बाटो दिन्छ, जसबाट इलेक्ट्रोनहरु (बिजुली सहितको सानो कणहरू) एक इलेक्ट्रोडबाट अर्कोमा प्रवाह हुन्छ । इलेक्ट्रोनहरूको यो प्रवाहलाई नै हामी बिधुत भन्छौं, र यसले हाम्रो उपकरणलाई शक्ति प्रदान गर्छ ।
प्रकार ( Types )
ब्याट्रीलाई मुख्यतया चार्ज गर्न मिल्ने र नमिल्ने गरी दुई समूहमा बिभाजन गरिन्छ, प्राइमरी ब्याट्री र सेकेण्डरी ब्याट्री । ब्याट्रीको प्रकारलाई तलको चार्टमा पनि हेर्न सकिन्छ ।
१. प्राइमरी ब्याट्री ( Primary Battery ) :
एक पटक प्रयोग गरिसकेपछी पुनः प्रयोग गर्न नमिल्ने ब्याट्रीलाई प्राइमरी ब्याट्री भनिन्छ । यी ब्याट्रीहरु कम्पनिबाटै चार्ज भएर आउंछन र चार्ज सकिएपछी रिचार्ज गर्न सकिंदैन । अल्कालाइन, जिंक-कार्बन, जिंक-क्लोराइड जस्ता ब्याट्रीहरु प्राइमरी ब्याट्रीहरु हुन ।
१. सेकेण्डरी ब्याट्री ( Secondary Battery ) :
एक पटक प्रयोग गरिसकेपछी चार्ज गरेर पुनः प्रयोग गर्न मिल्ने ब्याट्रीलाई सेकेण्डरी ब्याट्री भनिन्छ । यी ब्याट्रीहरु पनि कम्पनिबाटै चार्ज भएर आउंछन तर चार्ज सकिएपछी फेरि-फेरि रिचार्ज गरेर धेरै पटक प्रयोग गर्न सकिन्छ । लिड-एसिड, लिथियम-आयोन, निकेल-मेटल, निकेल क्याडमियम जस्ता ब्याट्रीहरु सेकेण्डरी ब्याट्रीहरु हुन ।


