Battery Information

Battery Information

बिधुतीय सवारी साधन किन्नु अघि ध्यान दिनुपर्ने कुराहरू

बिधुतिय सवारी साधन किन्नु अघि ध्यान दिनुपर्ने कुराहरू अहिले दिन प्रति दिन बिधुतिय गाडीहरुको प्रयोग बढ्दो मात्रामा छ । दैनिक खर्च कम लाग्ने हुनाले मानिसहरु यस प्रति आकर्षित हुनु शोभाविक हो । साथै वातावरणीय हिसाबले पनि यो राम्रो मानिन्छ । आउनुहोस बिधुतिय गाडी किन्दा के-के कुरामा साबधानि हुन सकियो भने आफुलाई फाइदा पुग्छ भन्ने कुरा हेरौं । सड्राइभिङ बानी र जीवनशैली तपाईं सामान्यतया प्रत्येक दिन कति टाढा ड्राइभ गर्नुहुन्छ भनेर विचार गर्नुहोस । EV हरू छोटो यात्राको लागि एकदम राम्रो मानिन्छ तर लामो यात्राको लागि योजना बनाउन आवश्यक पर्न सक्छ। यदि तपाईं बारम्बार लामो दुरीको यात्रा गर्नुहुन्छ भने चार्जिङ्गले समय लिने हुनाले यो तपाइको लागी उपयुक्त नहुन सक्छ । चिसो मौसमले ब्याट्री दक्षता घटाउने हुनाले आफ्नो स्थानीय हावापानीलाई ध्यानमा राख्नुहोस । ब्याट्रीपावर र चार्जिङ स्टेशन – ब्याट्री कति पावरको छ हेर्नुहोस् र यसले तपाईंको आवश्यकताहरू पूरा गर्दछ कि गर्दैन, बिचार गर्नुहोस । – तपाईंको घर, कार्यालय र आफु हिड्ने रुटमा चार्जिङ स्टेशनहरुको सुबिधा छ कि छैन ध्यान दिनुहोस । – ब्याट्रि कति छिटो चार्ज हुन्छ त्यसलाई पनि बिचार गर्नुहोस । केहीले ३० मिनेट भन्दा कममा रिचार्ज गर्न सक्छन्, जबकि अरूले घण्टा लिन्छन । – तपाईंको स्थानीय पावर ग्रिड कति सफा छ वा पावरको निरन्तरता कति छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । पावर कट-अफ भइरहने भएमा ब्याट्रि फुल चार्ज नहुन सक्छ । लागत – तपाईले गाडी चलाउने बानीले दिर्घकालिन रुपमा पेट्रोल वा डिजलको भन्दा सस्तो पर्छ कि पर्दैन सोको पनि हिसाब गर्नुहोस । – मर्मतसम्भारमा लाग्ने लागत EV हरूमा कम हुन्छन । रिसेल मूल्य र दीर्घायु – समयसँगै ब्याट्रीको पावर घट्दै जाने हुनाले, वारेन्टी र अपेक्षित आयु जाँच गर्नुहोस । – आफ्नो ठाउँमा EV को रिसेल मूल्य कस्तो छ, बुझिराख्नुहोस । – केही EV हरूमा सफ्टवेयर अपडेटको सुविधा हुन्छ जसले प्रदर्शन सुधार गर्दछ र सुविधाहरू थप्छ, मोबाइलमा जस्तै । EV किन्नु भनेको केवल गाडी छनौट गर्नु मात्र होइन – यो नयाँ जीवनशैली अपनाउनु हो। आफ्नो ड्राइभिङ बानी, चार्जिङ स्टेशन, वित्तीय अवस्था र दीर्घकालीन दिगोपनको बारेमा सोच्नुहोस । यदि यी मिल्छन भने, EV एक स्मार्ट र भविष्यको लागि उपयुक्त विकल्प हुन सक्छ।

Battery Information

EV गाडीमा कस्तो ब्याट्रि हुन्छ ?

बिधुतिय साधनमा कस्तो ब्याट्रि हुन्छ त? EV ब्याट्रि प्याक EV  (विधुतीय सवारी साधन) मा हुने ब्याट्री एक चार्ज गर्न सकिने सानो-सानो धेरै लिथियम-आयन ब्याट्रि सेलहरु मिलेर बनेको ब्याट्र प्याक हो । एउटा सेल 3v देखि 3.7v सम्मको हुन्छ, यो पुरा चर्ज भएको अवस्थामा 4.2v सम्म पुग्छ । यस्ता धेरै सेलहरु ( तलको चित्रमा ) जोडेर मोड्युल तयार पारिन्छ र धेरै मोड्युलहरु जोडेपछि एउटा ब्याट्रि प्याक तयार हुन्छ, जुन DC फर्ममा हुन्छ । आवश्यकता अनुसार सेलहरुलाई, मोड्युलहरुलाई Series, parallel मा जोडिन्छ । जसले कारको मोटर र प्रणालीहरूलाई पावर प्रदान गर्ने गर्छ । यहि ब्याट्रि प्याकको क्षमताले नै कार कति कि.मी. चल्छ भन्ने कुरा निर्धारण गर्छ । EV ब्याट्रि सेल विधुतीय सवारी साधन (EV) हरूले सामान्यतया तिनीहरूको दक्षता र नियन्त्रण फाइदाहरूको कारणले AC मोटरहरू प्रयोग गर्छन । EV ब्याट्रीमा DC को रूपमा पावर भण्डार गर्ने भएकोले, पावर ग्रिडबाट AC लाई चार्जिङको लागि गाडीको अनबोर्ड चार्जरले DC मा रूपान्तरण गर्नुपर्छ । जसले गर्दा AC चार्जर भएको ठाउँमा चार्ज गर्न मिल्छ । यसको विपरीत, गाडी चल्दा, AC मोटरलाई चलाउन ब्याट्रीबाट DC लाई AC मा रूपान्तरण गरिन्छ। EV चार्जिंग सिस्टम अन-बोर्ड चार्जर (On-Board) : ब्याट्रि चार्ज गर्न गाडी भित्र नै कम्पनिहरुले AC बाट DC बनाउने ब्यवस्था गरेका हुन्छन । यसलाई अन-बोर्ड चार्जर भनिन्छ । यसमा गाडीमा सिधै AC इनपुटको रुपमा दिइन्छ । यसबाट ब्याट्रि ढिलो चार्ज हुन्छ । अफ-बोर्ड चार्जर (Off-Board) : यसमा ब्याट्रि चार्ज गर्न गाडि बाहिरै AC बाट DC बनाइन्छ, अनि गाडीमा DC पावर इनपुटको रुपमा दिइन्छ । गाडीमा भएको अन-बोर्ड चार्जर बाई-पास हुन्छ । यसबाट छिटो ब्याट्रि चार्ज हुन्छ । EV मा काम गर्ने प्रक्रिया

Battery Information

लिथियम ब्याट्रि र लिड एसिड ब्याट्रिमा भिन्नता

लिथियम र लिड एसिड ब्याट्रिमा भिन्नता लिथियम ब्याट्रि र लिड एसिड ब्याट्र के हो भनेर अरु लेखमा हामीले लेखिसकेका छौं । यसमा हामी लिथियम र लिड एसिड ब्याट्रिको भिन्नताको बारेमा हेर्नेछौं । जसले गर्दा हामीलाई कुन ब्याट्रि किन्ने भनेर सजिलो पार्नेछ । कार्यक्षमता, लागत, आयु, सुरक्षा जस्ता कुरामा भिन्नता खोज्नेछौं । १. कार्यक्षमता लिथियम-आयन ९०-९५% कार्यक्षमता (Efficiency) लिथियम-आयन ब्याट्रीहरू चार्ज र डिस्चार्ज हुंदा धेरै कम ऊर्जा नोक्सान गर्छन्।  धेरै कार्याक्षमताको अर्थ हो: अधिकतम प्रयोग गर्न मिल्ने | छिटो चार्ज हुने | सोलार सिस्टमको लागि उपयुक्त । लिड एसिड ७०-८०% कार्याक्षमता (Efficiency) लिड-एसिड ब्याट्रीहरूले तापको रूपमा बढी ऊर्जा नोक्सान गर्छन । कम कार्याक्षमताको अर्थ हो: प्रयोगयोग्य क्षमता कम भएको | चार्ज हुन लामो समय लाग्ने | डिप डिस्चार्ज धेरै भएमा बिग्रन सक्ने | २. आयु र टिकाउपन लिथियम-आयन २०००-५,००० चक्र (cycle) यी ब्याट्रीहरू धेरै लामो समयसम्म टिक्छन् — राम्रोसंग प्रयोग गरेमा १० वर्ष वा सोभन्दा बढी। यसले तिनीहरूलाई निम्नका लागि आदर्श बनाउँछ: सौर्य प्रणाली | दैनिक साइकल चलाउने | विद्युतीय सवारी साधन लिड एसिड ३००-१२०० चक्र (Cycle) लिड-एसिड ब्याट्रीहरू डिप डिस्चार्ज हुँदा चाँडै बिग्रन्छन्, तिनीहरूलाई निम्नका लागि मात्र उपयुक्त बनाउँछ: कहिलेकाहीं ब्याकअप चाहिने ठाउँ | कम बिजुली जाने ठाउँ ३. लागत लिथियम-आयन उच्च प्रारम्भिक लागत लिथियम-आयन ब्याट्रीहरू बढी महँगो हुन्छन् तर लामो समयसम्म टिक्छन्, प्रति चक्र कम लागत दिन्छन्। लिड एसिड कम प्रारम्भिक लागत लिड-एसिड ब्याट्रीहरू पहिले नै धेरै सस्तो हुन्छन्। त्यसैले तिनीहरू निम्नमा सामान्य छन्: घरेलु इन्भर्टरहरू | गाडीहरु स्टार्ट गर्ने ब्याट्रीहरू ४. सुरक्षा लिथियम-आयन आधुनिक लिथियम ब्याट्रीहरूमा ब्याट्री व्यवस्थापन प्रणाली (BMS) समावेश हुन्छ जसले निम्न कुराहरुबाट सुरक्षा गर्दछ: ओभर चार्जिङ | ओभर तापक्रम | सर्ट सर्किट तथापि टुटेफुटको वा कम गुणस्तरका लिथियम ब्याट्रिले आगोको जोखिम निम्त्याउन सक्छन्। लिड एसिड हानिकारक ग्याँसहरू (हाइड्रोजन) छोड्छन । एसिड चुहिने तथा टर्मिनलहरुमा खिया लाग्ने हुन्छ । सर्ट सर्किट स्पार्कहरू निम्त्याउन सक्छन् | तिनीहरूलाई उचित भेन्टिलेसन र नियमित मर्मतसम्भार चाहिन्छ।

Battery Information

घरमा ब्याकअप पावरको लागि कुन ब्याट्री राम्रो छ C10 वा C20?

घरमा ब्याकअप पावरको लागि कुन ब्याट्री राम्रो छ C10 वा C20? जब तपाईं हामी सोलार सिस्टम लगाउन चाहन्छौं, घरमा इन्भर्टरहरू, वा अन्य धेरै ब्याक-अपमा प्रयोगको लागि ब्याट्रीहरू हेर्छौं, हामीले प्रायः C10 र C20 मा कुन लिने जस्ता शब्दहरू भेट्छौं । यी तेत्तिकै राखेका संख्याहरू होइनन्, यो महत्वपूर्ण छ ।  तिनीहरू फरक डिस्चार्ज करेन्ट अन्तर्गत ब्याट्रीले कसरी काम गर्छ भन्ने कुराको महत्त्वपूर्ण सूचकहरू हुन्, र तिनीहरूलाई बुझ्दा तपाईं हामीले लामो समयसम्म पैसा बचत गर्न सक्छौं। C10 र C20 को अर्थ के हो? C10 वा C20 मा ‘C’ ले ब्याट्रको डिस्चार्ज करेन्टको दरलाई जनाउँछ, जुन ब्याट्री यसको अधिकतम क्षमताको सापेक्षमा डिस्चार्ज हुने दरको मापन हो। ‘C’ सँग जोडिएको संख्याले ब्याट्रीलाई यसको मूल्याङ्कन गरिएको क्षमता प्रदान गर्न डिजाइन गरिएको घण्टाको संख्यालाई जनाउँछ। यदि C10 भएको १०० Ah  को  ब्याट्रि छ भने, यो १० घण्टाको लागि १० Amps करेन्ट प्रदान गर्न सक्छ (१० Amps * १० Hour = १०० Ah) । ब्याट्रिबाट १० एम्पियर करेन्ट प्रयोग गरेमा १० घण्टा टिक्छ । यदि डिस्चार्ज करेन्ट १० एम्पियर भन्दा माथि भयो loss हुन शुरु हुनाले ब्याट्रिको क्षमता घट्दै जान्छ । मानौ डिस्चार्ज करेन्ट २० एम्पियर छ भने ५ घण्टा टिक्न सक्दैन । यदि C20 भएको १०० Ah  को  ब्याट्रि छ भने, यो 20 घण्टाको लागि 5 Amps करेन्ट प्रदान गर्न सक्छ (५ Amps * २० Hour = १०० Ah) । ब्याट्रिबाट ५ एम्पियर करेन्ट प्रयोग गरेमा २० घण्टा टिक्छ । यसमा पनि डिस्चार्ज करेन्ट बढाएर १० एम्पियर पुर्‌यायो भने १० घण्टा टिक्न सक्दैन । डिस्चार्ज दर किन महत्त्वपूर्ण छ? यो एकदमै महर्वपूर्ण छ । यो एउटा इलेक्ट्रोकेमिकल भएकाले रासायनिक प्रतिक्रिया गर्नु पर्ने हुन्छ । त्यसैले जति कम करेन्टमा डिस्चार्ज गर्‌यो तेति नै लामो समयसम्म टिक्ने हुन्छ । C20 भन्दा C10 छिटो डिस्चार्ज हुन्छ भने रिचार्ज पनि छिटो हुन्छ, धेरै लोड थेग्न सक्ने हुन्छ । ब्याट्रि कम्पनिहरुले C10 ब्याट्रिमा वारेन्टि पनि धेरै दिएका हुन्छन, त्यसैले C20 भन्दा C10 ब्याट्रि केहि महंगो हुन्छ  ।

Battery Information

ब्याट्रिको क्षमतालाई कसरी बुझ्ने ?

ब्याट्रिको क्षमता सम्बन्धि जानकारी ब्याट्रिको क्षमता किन महत्वपूर्ण छ ? Discover More हाम्रो स्मार्टफोन, इन्भर्टर वा विद्युतीय सवारी साधन होस्, ब्याट्रि रिचार्ज गर्नु अघि उपकरण कति समयसम्म चल्न सक्छ भनेर निर्धारण गर्न ब्याट्रीको क्षमताले महत्त्वपूर्ण भूमिका खेल्छ। mAh, Ah, र Wh जस्ता यूनिटहरू प्रायः ब्याट्री लेबलहरूमा देखा पर्दछन्, तर तिनीहरूको वास्तवमा अर्थ के हो? ब्याट्री कसरी मापन गरिन्छ र रनटाइमलाई के असर गर्छ भनेर राम्रोसँग बुझ्नको लागि यसलाई सरल शब्दहरूमा विभाजन गरौं। What is Battery Capacity? Battery capacity shows how much energy a battery can hold. This affects how long it lasts and how well it works. mAh vs. Wh Explained Learn the difference between milliamp hours and watt hours to better understand your battery’s capacity. Why It Affects You Selecting the right capacity guarantees your devices run smoothly without abrupt shutdowns.

Battery Information

सोलार ईन्भरटर के हो ?

सोलार ईन्भरटर के हो ? यदि तपाईंले सौर्य ऊर्जा प्रयोग गर्ने विचार गर्नुभएको छ भने, यसको बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ । सौर्य इन्भर्टर तपाईंको सौर्य ऊर्जा प्रणालीको मुटु हो। यसले प्यानलहरूद्वारा उत्पादित डाइरेक्ट करेन्ट (DC) लाई अल्टरनेटिंग (AC) मा परिवर्तन गर्दछ, जुन धेरैजसो घरहरू र पावर ग्रिडले प्रयोग गर्छन्। यो बिना, प्यानलहरू केवल आकर्षक छानाहरु मात्र हुन्। सौर्य प्रणालीमा इन्भर्टरको भूमिका केवल पावर रूपान्तरणमा मात्र सीमित छैन। यसले प्रणालीको व्यवस्थापन गर्दछसुरक्षा सुनिश्चित गर्दछ र बिजुलीको प्रयोगलाई सुरक्षित बनाउंछ । सोलार प्यानलले DC करेन्ट बनाउने गर्दछ तर हामीले घरमा प्रयोग गर्ने सामानहरु सबै AC करेन्टले मात्र चल्ने गर्दछन । त्यहि भएर सोलार प्रणालीमा सोलार ईन्भरटर वा हाईब्रिड ईन्भरटरको आवश्यकता पर्दछ । सौर्य प्रणालीको कार्यक्षमतामा इन्भर्टरको भूमिका सोलार प्रणालीमा सूर्यको प्रकाश सङ्कलन हुने बिन्दुबाट सुरु हुन्छ र घर तथा व्यवसायमा प्रयोगयोग्य बिजुली बनेपछि समाप्त हुन्छ। यो प्रक्रिया अदृश्य हुनछ तर यसमा उच्च प्राविधिक प्रक्रिया समावेश छ। यसले निरन्तर ऊर्जा प्रवाहहरू व्यवस्थापन गर्ने, भोल्टेज र फ्रिक्वेन्सीमा स्थिरता कायम राख्ने, र प्रयोग सुरक्षित गर्ने काम गर्दछ।  सौर्य प्रणालीमा इन्भर्टरको भूमिकालाई साँच्चै बुझ्नको लागि, यसले सूर्यको किरण  सौर्य प्यानलहरूमा लागेपछि ऊर्जा कसरी प्रशोधन हुन्छ भनेर जान्नु आवश्यक हुन्छ । १. सोलार प्यानलहरूद्वारा सूर्यको प्रकाश कैद गरिन्छ र DC करेन्टमा परिवर्तन गरिन्छ । यो काम सोलार प्यानलमा भएको फोटोभोल्टिक (PV) सेलहरूले गर्दछन् । यो अवस्थामा हामीले प्रयोग गर्न योग्य हुंदैन । २. सोलार इन्भर्टरमा प्यानलहरुबाट DC करेन्ट प्राप्त हुन्छ । अब यसले कच्चा DC करेन्ट प्राप्त गर्दछ र महत्वपूर्ण रूपान्तरण सुरु गर्दछ। ३. इनभर्टरले उच्च-गतिको इलेक्ट्रोनिक सर्किटहरू प्रयोग गर्दछ । विद्युतीय दिशा द्रुत रूपमा स्विच गर्न, एक साइन वेभ बनाउँछ जसले विद्युतीय प्रणालीहरूमा प्रयोग हुने AC करेन्ट बनाउंदछ। ४. रूपान्तरित बिजुलीलाई आवश्यक भोल्टेज (सामान्यतया २४० ) र फ्रिक्वेन्सी (50Hz) सँग मेल खाने गरी क्यालिब्रेट गर्छ ताकि तपाईं हाम्रो बिधुतिय उपकरणहरु निर्वाध रुपमा चल्न सकून । ५. स्मार्ट इन्भर्टरहरूले आउटपुट स्तरहरू पनि निगरानी गर्छन्, त्रुटिहरू पत्ता लगाउँछन र कार्यसम्पादन डिस्प्लेमा देखाउंछन । यसले निरन्तर ब्याट्रीको अवस्था, सोलार प्यानलको अवस्था, लोडको अवस्था र त्रुटिको अवस्था अनुगमन गरि त्यहि अनुसारको समन्वय गर्ने काम गर्दछ । सौर्य इन्भर्टरका फाइदाहरू मासिक लागत सूर्यको किरणलाई प्रभावकारी रूपमा बिजुलीमा परिणत गर्ने र सूर्यको प्रकाश निशुल्क प्राप्त हुने हुनेला, तपाईंको मासिक ऊर्जा लागत घट्न मद्दत गर्छ। वातावरणमैत्री सौर्य इन्भर्टरहरूको प्रयोगले नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रयोग गरेर तपाईंको कार्बन उत्सर्जन कम गर्न मद्दत गर्छ। भरपर्दो लोड धेरै भयको समयमा पनि, निरन्तर ऊर्जा आपूर्तिको लागि तपाईं सौर्य इन्भर्टरहरूमा भर पर्न सक्नुहुन्छ। कम मर्मतसम्भार सौर्य इन्भर्टरहरूलाई न्यूनतम मर्मत आवश्यक पर्दछ, जसले गर्दा मर्मतमा समय र पैसा बचत हुन्छ। नवीन प्रविधि सौर्य इन्भर्टरहरूले ऊर्जा उत्पादन र दक्षता अधिकतम बनाउन अत्याधुनिक प्रविधि प्रयोग गर्छन्।

Li-ion battery
Battery Information

लिथियम ब्याट्रि के हो ?

लिथियम ब्याट्री के हो ? लिथियम ब्याट्री एक प्रकारको ब्याट्री प्रविधि हो जसले लिथियम, सबैभन्दा हलुका धातुलाई मुख्य पदार्थको रूपमा प्रयोग गर्दछ । लिथियम ब्याट्रीहरू, विशेष गरी लिथियम-आयन (Li-ion) ब्याट्रीहरू, आधुनिक प्रविधिको आधारशिला बनेका छन्, जसले स्मार्टफोन र ल्यापटपदेखि विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जा प्रणालीहरूसम्म सबै कुरालाई शक्ति प्रदान गर्दछ। लिथियम के हो त? यो हामीले ८, ९ कक्षा पढेको पेरियोडिक टेबलको नं. ३ मा पर्छ र यो क्षारीय तत्त्व हो । यो चाँदीवाला सेतो रंगको भएको, कमलो, पानी भन्दा हलुका, अत्याधिक प्रतिक्रियाशिल र हावाको सम्पर्कमा आउनासाथ अक्सिडाइज हुने धातु हो । यसको pH (Power of Hydrogen) ७ भन्दा माथि हुन्छ। पानीको ७ हुन्छ । ७ भन्दा कम भएकोलाई अम्लिय तत्त्व भनिन्छ भने ७ भन्दा बढि भएकोलाई क्षारीय तत्त्व भनिन्छ । १. प्राथमिक लिथियम ब्याट्रि रिचार्ज गर्न नसकिने, प्रायः क्यामेरा र घडीहरू जस्ता उपकरणहरूमा प्रयोग गरिन्छ। प्रकार २. लिथियम आयोन ब्याट्रि रिचार्जेबल, धेरैजसो आधुनिक इलेक्ट्रोनिक्स, इन्भर्टर तथा सोलार र विद्युतीय सवारी साधनहरूमा पाइन्छ। मुख्य विशेषताहरू र फाइदाहरू धेरै ऊर्जा भण्डार गर्न सक्ने: लिथियम-आयन ब्याट्रीहरूले प्रति एकाइ तौल र भोल्युम धेरैजसो अन्य ब्याट्री प्रकारहरू भन्दा बढी ऊर्जा भण्डारण गर्छन्, जसले गर्दा तिनीहरूलाई पोर्टेबल इलेक्ट्रोनिक्स र विद्युतीय सवारी साधनहरूको लागि आदर्श बनाउँछ। हलुका: लिथियमको कम आणविक द्रव्यमानले ब्याट्रीको हलुकापनमा योगदान पुर्‍याउँछ। धेरै पटक रिचार्ज गर्न मिल्ने: लिथियम-आयन ब्याट्रीहरू सयौंदेखि हजारौं पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ। सेल्फ डिस्चार्ज कम हुने: प्रयोगमा नभएको बेला पनि सबै प्रकारका ब्याट्रीहरु आफै डिस्चार्ज हुन्छन । यस्तो बेलामा लिथियम ब्याट्रीहरु लामो समयसम्म चार्ज होल्ड गर्छन। सबै ठाउँमा प्रयोग गर्न मिल्ने: साना ग्याजेटहरूदेखि ग्रिड-स्केल ऊर्जा भण्डारणसम्म, अनुप्रयोगहरूको विस्तृत दायरामा प्रयोग गरिन्छ। सुरक्षा र चुनौतीहरू लिथियम-आयन ब्याट्रीहरू सामान्यतया सुरक्षित हुन्छन । बिग्रिएको वा अनुचित रूपमा ह्यान्डल गरिएको खण्डमा तिनीहरू धेरै तातो हुन सक्छन र आगो समात्न सक्छन । आधुनिक डिजाइनहरूमा यी जोखिमहरूलाई कम गर्न थर्मल व्यवस्थापन प्रणाली र उन्नत सेपेरेटर समावेश छन्। खराब हुने / बिग्रने दर धेरै कम छ – दस लाखमा लगभग तीन ब्याट्री प्याकहरूमा मात्र गम्भीर समस्याहरू आउंछन । प्रयोगहरू लिथियम-आयन ब्याट्रीहरू अभिन्न छन्: मोबाइल फोन, ल्यापटप, र ट्याब्लेटहरू विद्युत सवारी साधन र ई-बाइकहरू नवीकरणीय ऊर्जा भण्डारण (सौर्य, हावा) लिथियम-आयन ब्याट्रीहरूले हामी बाँच्ने, काम गर्ने र यात्रा गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याएको छ। धेरै शक्ति भण्डारण गर्न सक्ने, कम समयमा नै रिचार्ज गर्न सकिने, धेरै ठाउँहरुमा प्रयोग गर्न सकिने र लामो समयसम्म टिक्ने भएकोले यसको भविष्य अझ सुरक्षित छ। यसलाई अझै कुशल र वातावरणमैत्रीको रुपमा विकास गर्न र सुरक्षित रिसाइकल गर्ने अनुसन्धानको बिषय जारी छ र महत्वपूर्ण पनि छ।

Battery Information

ब्याट्री आबिष्कारको इतिहास

ब्याट्री आबिष्कारको इतिहास पछिल्लो 400 वर्षमा सबैभन्दा उल्लेखनीय र उत्कृष्ट आविष्कारहरू मध्ये एक बिजुली थियो । यसको व्यावहारिक प्रयोग सन् 1800 को अन्त्यदेखि र शुरुका दिनहरुमा सीमित रूपमा मात्र रहेको छ। बगदाद नजिकै सन् 1936 मा रेलवे निर्माण गर्दा, कामदारहरूले प्रागैतिहासिक ब्याट्री जस्तो देखिने कुरा पत्ता लगाए, जसलाई पार्थियन ब्याट्री पनि भनिन्छ। यो भटिएको बस्तु पार्थियन साम्राज्यको हो र 2,000 वर्ष पुरानो मानिन्छ। ब्याट्रीमा माटोको भाँडो थियो जुन भिनेगारको घोलले भरिएको थियो जसमा तामाको सिलिन्डरले घेरिएको फलामको रड हालिएको थियो। यसलाई प्रयोग गरेर हेर्दा १.१ देखि २.० भोल्ट बिजुली उत्पादन गर्‍यो । यो बस्तु इलेक्ट्रोप्लेटिंगको लागि प्रयोग गरिएको भए तापनि सबै वैज्ञानिकहरूले पार्थियन ब्याट्रीलाई ऊर्जाको स्रोतको रूपमा स्वीकार गर्दैनन । इजिप्सिनहरूले 4,300 वर्ष पहिले तामामा इलेक्ट्रोप्लेट एन्टिमोनी गरेको भनिन्छ। पुरातात्विक प्रमाणहरूले बताउँछ कि बेबिलोनीहरू सुनको प्लेट, ढुंगाको भाँडोमा अंगूरको रस इलेक्ट्रोलाइटको रुपमा प्रयोग गरेर गहनाको निर्माणमा ग्याल्भेनिक प्रविधि पत्ता लगाउने र प्रयोग गर्ने पहिलो मानिसहरु थिए। बगदाद (सी. २५० ईसापूर्व) शासन गर्ने पार्थियनहरूले चाँदीलाई इलेक्ट्रोप्लेट गर्न ब्याट्रीहरू प्रयोग गरेको हुन सक्छ । आधुनिक समयमा बिजुली उत्पादन गर्ने प्रारम्भिक विधिहरू मध्ये एक स्ट्याटिक चार्ज बनायर भएको थियो । 1660 मा, Otto von Guericke ले ठूलो सल्फर ग्लोब प्रयोग गरेर एक विद्युतीय मेसिन निर्माण गरे, जसलाई रगड्दा र घुमाउँदा प्वाँखहरू र कागजका साना टुक्राहरू आकर्षित हुन्थे । Guericke ले प्रमाणित गर्न सक्षम थिए कि उत्पन्न स्पार्कहरू विद्युतीय प्रकृतिका थिए। 1744 मा, Ewald Georg von Kleist ले लेडेन जारको विकास गरे जसले कन्टेनरको भित्र र बाहिरी भागमा धातुको पन्नीले लाइन गरिएको गिलास जारमा स्ट्याटिक चार्ज भण्डारण गर्यो । नेदरल्याण्ड्सको लिडेनका प्रोफेसर पिटर भ्यान मुस्चेनब्रोकलगायत धेरै वैज्ञानिकहरूले बिचार गरे कि बिधुत बोतलमा कैद गर्न सकिने तरल पदार्थ जस्तो हो । उनीहरूलाई थाहा थिएन कि दुई धातु पाताहरूले क्यापेसिटर बनाउँछ । उच्च भोल्टेजको साथ चार्ज गर्दा, लेडेन जारले उनिहरुलाई नसोचेको ठूलो झटका दियो जब उनीहरूले धातुको पाता छोए। स्थिर (Static Charge) बिजुलीको पहिलो व्यावहारिक प्रयोग “विद्युतीय पिस्तौल” थियो जसको आविष्कार अलेसेन्ड्रो भोल्टा (१७४५–१८२७)ले गरेका थिए । एक बुलियन बिट मात्र भए पनि उनले लामो दूरीको सञ्चार उपलब्ध गराउने सोचेका थिए। कोमोदेखि इटालीको मिलानसम्म काठको खम्बाले सपोर्ट गरेको फलामको तार टाँसिएको थियो। प्राप्त गर्ने अन्तमा, तार मिथेन ग्यासले भरिएको जारमा समाप्त हुनेछ। कोड गरिएको घटनालाई संकेत गर्न, जार विस्फोट गर्न तारद्वारा विद्युतीय स्पार्क पठाइनेछ। यो संचार लिङ्क कहिल्यै बनाइएको थिएन। विभिन्न प्रयोगहरूबट , भोल्टाले जस्ता-पाता, लिड, टिन र फलामलाई पोजिटिभ प्लेटहरू (क्याथोड) को रूपमा प्रयोग गरी प्रयोगहरूको श्रृंखला सुरु गरे  र तामा, चाँदी, सुन र ग्रेफाइट नेगेटिभ प्लेट (एनोड) को रूपमा । यसरी ग्याल्भेनिक बिजुलीमा चासो चाँडै व्यापक भयो । भोल्टाले 1800 मा पत्ता लगाए कि केही तरल पदार्थहरूलाई एक चालकको रूपमा प्रयोग गर्दा विद्युतीय शक्तिको निरन्तर प्रवाह उत्पन्न गर्दछ । यो खोजले पहिलो भोल्टेइक सेलको आविष्कारको नेतृत्व गर्‍यो, जसलाई सामान्यतया ब्याट्री भनिन्छ । भोल्टाले थप सिके कि भोल्टिक सेलहरू एकअर्काको माथि स्ट्याक गरियो भने भोल्टेज बढ्छ । 1802 मा, विलियम क्रिकशाङ्कले ठूलो उत्पादनको लागि पहिलो इलेक्ट्रिक ब्याट्री डिजाइन गरे। उनले तामाको वर्गाकार पानाहरू मिलाएर जास्ता-पाताको बराबर आकारको पानाहरू एक लामो आयताकार काठको बक्समा राखे र एकसाथ मिलाए। बक्समा ग्रूभहरूले धातुको प्लेटहरूलाई एकैठाउंमा बस्न मद्दत गर्‍यो । त्यसपछि सिल गरिएको बक्समा इलेक्ट्रोलाइट वा पानी हालेको एसिडले भरिएको थियो । यो अहिलेको फ्लोडेड (एसिड-पानीको मिश्रण प्रयोग भएको) ब्याट्री ब्याट्रीसँग मिल्दोजुल्दो थियो जुन आज पनि हामी प्रयोग गरिरहेका छौं । 1836 मा, जोन एफ. डेनियल, एक अंग्रेजी रसायनज्ञ, एक सुधारिएको ब्याट्री विकास गरे जसले विद्युतीय ऊर्जा स्टोर गर्न पहिलेको प्रयासहरू भन्दा स्थिर करेनट उत्पादन गर्‍यो । 1859 मा, फ्रान्सेली चिकित्सक Gaston Planté लेड एसिडमा आधारित पहिलो रिचार्जेबल ब्याट्री आविष्कार गरे, यो प्रणाली आज पनि प्रयोग गरिन्छ । त्यतिन्जेलसम्म, सबै ब्याट्रीहरू प्राथमिक थिए, जसको मतलब तिनीहरू पुनः रिचार्ज हुन सक्दैनन । 1899 मा, स्वीडेनका वाल्डमार जंगनरले निकल-क्याडमियम (NiCd) ब्याट्री आविष्कार गरे जसले निकेललाई पोजिटिभ इलेक्ट्रोड (क्याथोड) र क्याडमियमलाई नेगेटिभ (एनोड) को रूपमा प्रयोग गर्यो । सीसा (लिड) को तुलनामा उच्च लागतले यसको प्रयोग सिमित मात्र हुने भयो । दुई वर्ष पछि, थोमस एडिसनले फलामको साथ क्याडमियम प्रतिस्थापित गरे, र यो ब्याट्रीलाई निकल-आइरन (NiFe) भनिन्छ। कम ऊर्जा, कम तापक्रममा राम्रोसँग काम नगर्ने र चाँडो सेल्फ डिस्चार्ज हुने कारणले गर्दा निकेल-आईरनको ब्याट्रीको सफलतालाई सीमित गर्यो । यो 1932 सम्म थिएन कि Schlecht र Ackermann ले उच्च लोड करेन्ट प्रवाह गर्न सक्ने प्रयोग हासिल गरे र sintered पोल प्लेट आविष्कार गरेर NiCd को आयुमा सुधार गरे। 1947 मा, Georg Neumann  सेलहरुलाई सील गर्न सफल भय । धेरै वर्षको लागि, NiCd पोर्टेबल प्रयोगहरूको लागि मात्र रिचार्जेबल ब्याट्री थियो। 1990 को दशकमा, युरोपका वातावरणविद्हरू एनआईसीडीलाई लापरवाहीपूर्वक डिस्पोज गर्दा हुने हानिको बारेमा चिन्तित भए । ब्याट्री निर्देशन 2006/66/EC ले अब विशेष औद्योगिक प्रयोग बाहेक युरोपियन युनियनमा NiCd ब्याट्रीहरूको बिक्रीमा प्रतिबन्ध लगाए । यसको विकल्प निकेल-मेटल-हाइड्राइड (NiMH) हो, जुन NiCd जस्तै तर वातावरणमैत्री ब्याट्री हो। आजका अधिकांश अनुसन्धानहरु लिथियम-आधारित ब्याट्री प्रणालीहरू सुधार गर्ने वरिपरि घुमिरहेका छन । जुन सेलुलर फोनहरू, ल्यापटपहरू, डिजिटल क्यामेराहरू, पावर उपकरणहरू र चिकित्सा उपकरणहरू पावर गर्ने बाहेक, लि-आयन इलेक्ट्रिक सवारी साधनहरू र उपग्रहहरूको लागि पनि प्रयोग गरिन्छ । ब्याट्रीका धेरै फाइदाहरू छन्, विशेष गरी यसको उच्च विशिष्ट ऊर्जा, साधारण चार्जिङ, कम मर्मतसम्भार र वातावरणीय मैत्री हुनु हो ।

Battery Information

स्टार्टिङ्गको लागी लीड-एसिड ब्याट्री नै किन ?

स्टार्टिङ्गको लागी लीड-एसिड ब्याट्री नै किन प्रयोग गरिन्छ ? हामीले देखेका छौं कि इलेक्ट्रिक गाडीहरुमा ब्याक अपको लागी लिथियम ब्याट्रीको प्रयोग गरेपनि स्टार्ट गर्नको लागी लीड-एसिड ब्याट्री नै प्रयोग गरिन्छ । गाडी स्टार्ट किन लीड-एसिड ब्याट्री नै प्रयोग गरिन्छ त, किन इलेक्ट्रिक गाडीहरुमा पनि स्टार्ट गर्नको लागी लिथियमको प्रयोग गरिदैन ? केही प्रमुख कारणहरुको बारेमा तल चर्चा गर्नेछौं । १. उच्च करेन्ट आउटपुट: लीड-एसिड ब्याट्रीहरूले इन्जिन स्टार्ट गर्नका लागि आवश्यक पर्ने उच्च करेन्ट छोटो समयमा नै प्रदान गर्न सक्छन, विशेष गरी चिसो मौसममा जब सवारी स्टार्ट गर्न धेरै करेन्ट आवश्यक हुन्छ । लिथियम ब्याट्रीले कम समयमा, कम तापक्रममा एकैपटक धेरै करेन्ट प्रदान गर्न सक्दैन । सबैभन्दा महत्वपूर्ण बुंदा पनि यहि नै हो । २. लागत: लिथियम ब्याट्रीहरूको तुलनामा लिड-एसिड ब्याट्रीहरू उत्पादन र खरिद गर्न सामान्यतया सस्तो हुन्छन्, यसले धेरै सवारी धनी तथा इन्भरटर प्रयोग कर्ताहरूका लागि धेरै बजेट-अनुकूल हुन आउंछ । ३. प्रमाणित टेक्नोलोजी: लीड-एसिड टेक्नोलोजी लामो समयदेखि रहेको छ र यो अटोमोटिभ प्रयोजनको लागि भरपर्दो विकल्पको रुपमा रहँदै आएको छ । ४. मजबुतता: लीड-एसिड ब्याट्रीहरूले धेरै चिसो तथा गर्मीको सामना गर्न सक्छन् तर लिथियम ब्याट्रीहरू उच्च तापक्रममा संवेदनशील हुन्छन र आगो लाग्न सक्ने प्रबल संभावना रहन्छ । ५. रिसाइकल र उपलब्धता: लीड-एसिड ब्याट्रीहरू व्यापक रूपमा पुन: प्रयोग गरिन्छ र सामग्रीहरू सजिलै उपलब्ध हुन्छन । सामान्या चार्जरले पनि चार्ज गर्न सकिन्छ । जबकि लिथियम ब्याट्रीहरुमा धेरै ऊर्जा भण्डारण गर्न सक्ने र लामो आयु हुने जस्ता फाइदाहरू हुन्छन तर तिनीहरूको धेरै लागत, व्यवस्थापन प्रणालीहरूमा जटिलता, र उच्च तापक्रममा जोखिम धेरै हुने हुनाले गाडी स्टार्ट गर्नको लागी लिथियम ब्याट्रीको साटो लीड-एसिड ब्याट्रीहरू प्रयोग गरिन्छ । Share Us

Battery Information

ब्याट्री कसरी बनेको हुन्छ ?

ब्याट्री कसरी बनेको हुन्छ ? एसिडले भरिएको लीड-एसिड ब्याट्रीहरू, जसलाई वेट सेल ब्याट्रीहरू पनि भनिन्छ, रिचार्जेबल ब्याट्रीहरूको सबैभन्दा पुरानो प्रकारहरू मध्ये एक हो । यीनिहरूलाई अटोमोटिभ स्टार्टरहरू, ब्याकअप पावर र सौर्य ऊर्जा प्रणालीहरू सहित विभिन्न कुराहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । यो कसरी निमार्ण गरिएको हुन्छ भन्ने कुरा तलको चित्रमा पनि हेर्न सकिन्छ । ब्याट्री कन्टेनर ब्याट्रीको बाहिरी आवरण सामान्यतया टिकाउ प्लास्टिक वा कडा रबरको भित्री घटक र इलेक्ट्रोलाइट समाधान समावेश गर्न बनेको हुन्छ। यो बलियो र सानो तिनो ठक्करमा नचुहिने गरि डिजाइन गरिएको छ। इलेक्ट्रोलाइट ब्याट्री कन्टेनर भित्र इलेक्ट्रोलाइट हुन्छ, जो सल्फ्यूरिक एसिड र डिस्टिल्ड वाटरको मिश्रण हो (H2SO4) । इलेक्ट्रोलाइटमा बिजुली उत्पादन गर्न आवश्यक रासायनिक प्रतिक्रिया हुन्छ । पोजिटिभ र नेगेटिभ प्लेटहरू पोजिटिभ प्लेटहरू: यी प्लेटहरू लेड डाइअक्साइड (PbO2) बाट बनेका हुन्छन्। तिनीहरू सामान्यतया खैरो रंगमा हुन्छन । नेगेटिभ प्लेटहरू: यी प्लेटहरू स्पन्ज लेड (Pb) बाट बनेका हुन्छन् । तिनीहरू सामान्यतया खैरो रंगमा हुन्छन्। बिभिन्न प्रकारका प्लेट ग्रीडहरु सेपेरेटर यसलाई पोजिटिभ र नेगेटिभ प्लेटहरू बीचमा राखिएको हुन्छ । सेपेरेटरहरु रबर, ग्लास फाइबर, वा पोलिथिलीन जस्ता छिद्रपूर्ण सामग्रीबाट बनेका हुन्छन । तिनीहरूले प्लेटहरूलाई एकअर्कालाई छुइन र सर्ट सर्किट हुन दिदैनन तर इलेक्ट्रोलाइट मार्फत आयनहरूको प्रवाहलाई सजिलो गराउंछन । प्लेट ग्रिड दुबै पोजिटिभ र नेगेटिभ प्लेटहरू लिड वा लिड मिश्रत धातुबाट बनेको ग्रिड अडिइर बसेका हुन्छन । ग्रीडमा नै लिड तथा लिड पेरोअक्साइड पेस्ट गरिएको हुन्छ । ग्रीडले नै प्लेटहरुलाई अडिनको लागी आधार दिन्छ र यहि बाट नै करेन्ट ट्मिनल सम्म पुग्छ । सेलहरू र सेल कनेक्टरहरू एक सामान्य इलेक्ट्रोलाइटले भरिएको लीड-एसिड ब्याट्रीमा सेरिजमा जडान गरिएका धेरै सेलहरू हुन्छन । प्रत्येक सेलले लगभग 2 भोल्ट उत्पादन गर्छ, त्यसैले 12-भोल्ट ब्याट्रीमा छवटा सेलहरू हुन्छन । सेलहरू सेल कनेक्टरहरू प्रयोग गरेर जोडिएका हुन्छन जसबाट करेन्ट हुन्छ । ग्याँस भेन्ट्स प्रत्येक सेलेमा रासायनिक प्रतिक्रियाको समयमा निस्कने हाइड्रोजन ग्यास बाहिर निस्कनलाई भेन्ट हुन्छ । आधुनिक ब्याट्रीहरूमा, यी भेन्टहरू इलेक्ट्रोलाइट हानि कम गर्न र प्रदूषण रोक्न डिजाइन गरिएका छन्। टर्मिनलहरू ब्याट्रीको बाहिरी भागमा पोजिटिभ र नेगेटिभ टर्मिनलहरू हुन्छन जसले यसलाई शक्ति दिन्छ । टर्मिनलहरू सामान्यतया पोजिटिभ टर्मिनलको लागि प्लस (+) र नेगेटिभ टर्मिनलको लागि माइनस (-) सँग चिन्ह लगाइन्छ।

Battery Information

ब्याट्री के हो ? (What is battery ?)

  ब्याट्री के हो? (What is Battery ?) ब्याट्री एउटा  उपकरण हो जसले बिधुतिय ऊर्जालाई रासायनिक ऊर्जाको रूपमा भण्डारण गर्दछ ।  र लोडलाई चहिए अनुसार बिधुत पठाउंछ । ब्याट्रीमा रासायनिक प्रतिक्रिया भएपछि हामीले हाम्रा यन्त्रहरूमा शक्ति प्राप्त गर्छौं। यसमा एक वा एकभन्दा धेरै इलेक्ट्रोकेमिकल सेलहरु र टर्मिनलहरु हुन्छन जसमा ‌पोजिटिभ (+) लाई एनोड र नेगेटिभ (-) लाई क्याथोड भनिन्छ ।  हामीले लोड जडान गर्दा रासायनिक ऊर्जा विधुत ऊर्जामा परिणत हुन्छ  र यो बिजुलीबाट साना खेलौना देखि ठूला गाडीहरु सम्म सबै प्रकारका चीजहरु चलाउन सकिन्छ । यसले कसरी काम गर्छ ? ( How does it work? ) ब्याट्री भित्र एकअर्कासँग प्रतिक्रिया गर्ने  र  बिधुत उत्पादन गर्न सक्ने रसायनहरू राखिएका हुनछन । जब तपाइँ ब्याट्रीलाई उपकरणमा जडान गर्नुहुन्छ, जस्तै टर्चलाइट वा रिमोट कन्ट्रोल अथवा कुनै पनि लोड, यसले  रसायनहरूलाई एक-अर्कासँग प्रतिक्रिया गर्न बाटो दिन्छ, जसबाट इलेक्ट्रोनहरु (बिजुली सहितको सानो कणहरू) एक इलेक्ट्रोडबाट अर्कोमा प्रवाह हुन्छ । इलेक्ट्रोनहरूको यो प्रवाहलाई नै हामी बिधुत भन्छौं, र यसले हाम्रो उपकरणलाई शक्ति प्रदान गर्छ । प्रकार ( Types ) ब्याट्रीलाई मुख्यतया चार्ज गर्न मिल्ने र नमिल्ने गरी दुई समूहमा बिभाजन गरिन्छ, प्राइमरी ब्याट्री र सेकेण्डरी ब्याट्री । ब्याट्रीको प्रकारलाई तलको चार्टमा पनि हेर्न सकिन्छ । १. प्राइमरी ब्याट्री ( Primary Battery ) : एक पटक प्रयोग गरिसकेपछी पुनः प्रयोग गर्न नमिल्ने ब्याट्रीलाई प्राइमरी ब्याट्री भनिन्छ । यी ब्याट्रीहरु कम्पनिबाटै चार्ज भएर आउंछन र चार्ज सकिएपछी रिचार्ज गर्न सकिंदैन । अल्कालाइन, जिंक-कार्बन, जिंक-क्लोराइड जस्ता ब्याट्रीहरु प्राइमरी ब्याट्रीहरु हुन । १. सेकेण्डरी ब्याट्री ( Secondary Battery ) : एक पटक प्रयोग गरिसकेपछी चार्ज गरेर पुनः प्रयोग गर्न मिल्ने ब्याट्रीलाई सेकेण्डरी ब्याट्री भनिन्छ । यी ब्याट्रीहरु पनि कम्पनिबाटै चार्ज भएर आउंछन तर चार्ज सकिएपछी फेरि-फेरि रिचार्ज गरेर धेरै पटक प्रयोग गर्न सकिन्छ । लिड-एसिड, लिथियम-आयोन, निकेल-मेटल, निकेल क्याडमियम जस्ता ब्याट्रीहरु सेकेण्डरी ब्याट्रीहरु हुन ।

Scroll to Top