ब्याट्रिको क्षमता सम्बन्धि जानकारी
ब्याट्रिको क्षमता किन महत्वपूर्ण छ ?
ब्याट्रिको क्षमता भनेको के हो ?
कम क्षमता = कम समयसम्म टिक्ने ।
- १. Ampere-Hour (Ah)
- २. Miliampere-Hour (mAh)
- ३. Watt-Hour (Wh)
१. Ampere-hour (Ah)
Ampere-hour भनेको ब्याट्रीले एक घण्टासम्म निरन्तर रूपमा प्रवाह गर्न सक्ने करेन्टको मात्रा (एम्पीयरमा) हो।
👉 उदाहरणका लागि
150AH ब्याट्रीले १ घण्टासम्म १५० एम्पीयर करेन्ट प्रदान गर्न सक्छ । तर ब्यवहारिक रुपमा करेन्टको मात्रा बढेसंगै loss बढ्दै जाने हुनाले ब्याक-अप कम हुन सक्छ ।
यो एकाइ प्रायः इन्भर्टर, अटोमोटिभ र सोलार ब्याट्रीहरूको लागि प्रयोग गरिन्छ।
२. Milliampere-Hour (mAh)
mAh भनेको एउटा सानो एकाइ हो — जुन सामान्यतया मोबाइल फोन र क्यामेरा जस्ता साना इलेक्ट्रोनिक्सका लागि प्रयोग गरिन्छ।
१ एम्पीयर = १००० mAh
👉 उदाहरण:
३००० mAh मूल्याङ्कन गरिएको स्मार्टफोन ब्याट्रीको अर्थ यसले १ घण्टासम्म ३००० मिलिअम्पीयर वा ३ घण्टासम्म १००० मिलिअम्पीयर प्रदान गर्न सक्छ।
३. Watt-Hour (Wh)
Ah र mAh ले विद्युतीय चार्ज मापन गर्छ भने watt-hour (Wh) ले शक्ति मापन गर्छ — यसले भोल्टेज (V) र करेन्ट (Ah) दुवैलाई प्रोयोग गर्छ ।
𝑊ℎ=𝐴ℎ×𝑉
यसले तपाईंलाई ब्याट्री सकिनु अघि कति काम गर्न सक्छ भनेर बताउँछ। इलेक्ट्रिक गाडीहरुमा KWh मा ब्याट्रिको मापन गरिन्छ ।
1000 Wh = 1KWh हुन्छ ।
अन्तमा, ब्याक-अप समय निकाल्ने सुत्र
Back Up Time (hour)= ( Battery Capacity (Wh) x Efficiency ) / Load (w)


