किन ब्याट्री बारम्बार डिस्चार्ज भइरन्छ त ?

१. खराब अल्टरनेटर:

गाडी चलिरहे पनि र ब्याट्रि चार्ज गरेपछि ठिक भएपनि बारम्बार ब्याट्री डिस्चार्ज भइरहेको हुन्छ । बेला-बेलाम यस्तो समस्या आइरहेको हुन्छ, चार्ज गरेर प्रयोग गर्नुहुन्छ फेरि १.५-२ महिनामा त्यहि समस्या आउछ, यसो किन हुन्छ त? यसको बारेमा केहि कुराहरु हेर्नेछौं । गाडी स्टार्ट नहुने ३ कारण 

इन्जिन चलिरहे पनि अल्टरनेटर खराब छ भने ब्याट्री चार्ज गर्न सक्दैन तर ब्याट्रीमा चार्ज रहुन्जेल सम्म भने गाडी स्टार्ट भइरहन्छ । अल्टरनेटरमा वाइन्डिङ्ग बिग्रेमा, ब्रश धेरै खिइएको छ भने, रेगुलेटर सर्किट बिग्रेको वा डायोडहरु बिग्रेमा, बेल्ट लुज भएमा ब्याट्री चार्ज हुन सक्दैन । अलटरनेटर खराब भएको संकेतहरूमा हेडलाइटहरू मधुरो बल्ने, ड्यासबोर्डमा चेतावनी बत्ती हुने हुन । एक्सलेटर बढाउंदा ब्याट्रीमा भोल्टेज १४-१४.४० v पुग्नु पर्छ, अन्यथा ब्याट्री पुर्ण रुपमा चार्ज हुन सक्दैन र १-१.५ महिनमा ब्याट्री पुर्ण डिस्चार्ज हुन्छ ।

२. लिकेज करेन्ट:

इन्जिन बन्द हुँदा पनि विद्युतीय कम्पोनेन्टहरूले ब्याट्रीबाट करेन्ट तान्न जारी राख्दा ब्याट्री डिस्चार्ज हुन्छ । खराब तार, अलार्म वा अडियो सर्किट, वाइपर, हेड लाइट आदीमा सर्ट सर्किट हुंदा ब्याट्रीबाट करेन्ट लिकेज हुन्छ । धेरै लिकेज करेन्ट छ भने ब्याट्रीलाई पुर्ण रुपमा डाउन गर्न सक्छ र यो छोटो समयमा अल्टरनेटरले रिचार्ज गर्न सक्दैन । अब यसलाई सर्भिस सेन्टरमा नै चार्ज गराउनुपर्ने हुन्छ । साँचो अफ हुंदा 0.02-0.08A र साँचो अन हुंदा 0.5A भन्दा धेरै लिकेज करेन्ट हुनु हुंदैन ।

३. मेन तारहरुमा खराबी:

ब्याट्रीमा जोडिने मेन तारहरुको खराबीको कारणले ब्याट्रीमा पुर्ण रुपमा करेन्ट नपुग्ने हुनाले ब्याट्री डिस्चार्ज भइरन्छ ।

४. ब्याट्रीमा समस्याहरू:

ब्याट्री पुरानो छ भने, ब्याट्रीको टर्मिनलहरु खराब छ भने र ब्याट्रीको माथिको टप एसिड सहितको चिसोपना वा भजेको छ भने पनि ब्याट्री डिस्चार्ज भइरहने समस्या रहन्छ ।

५. अत्याधिक विद्युतीय भार:

यदि सवारी साधनको विद्युतीय प्रणालीले अल्टरनेटरले उत्पादन गर्न सक्ने भन्दा बढी लोड तानिरहेको छ भने, अब लोडमा ब्याट्रीबाट करेन्ट जान्छ । एयर कन्डिसनिङ, हेडलाइट र शक्तिशाली अडियो प्रणाली जस्ता धेरै उच्च-शक्तिका सामानहरू एकैसाथ प्रयोग गर्दा पनि ब्याट्री बिस्तारै डिस्चार्ज हुंदै जाने हुन्छ ।

Scroll to Top