बिधुतिय साधनमा कस्तो ब्याट्रि हुन्छ त?

EV ब्याट्रि प्याक

EV  (विधुतीय सवारी साधन) मा हुने ब्याट्री एक चार्ज गर्न सकिने सानो-सानो धेरै लिथियम-आयन ब्याट्रि सेलहरु मिलेर बनेको ब्याट्र प्याक हो । एउटा सेल 3v देखि 3.7v सम्मको हुन्छ, यो पुरा चर्ज भएको अवस्थामा 4.2v सम्म पुग्छ । यस्ता धेरै सेलहरु ( तलको चित्रमा ) जोडेर मोड्युल तयार पारिन्छ र धेरै मोड्युलहरु जोडेपछि एउटा ब्याट्रि प्याक तयार हुन्छ, जुन DC फर्ममा हुन्छ । आवश्यकता अनुसार सेलहरुलाई, मोड्युलहरुलाई Series, parallel मा जोडिन्छ । जसले कारको मोटर र प्रणालीहरूलाई पावर प्रदान गर्ने गर्छ । यहि ब्याट्रि प्याकको क्षमताले नै कार कति कि.मी. चल्छ भन्ने कुरा निर्धारण गर्छ ।

EV ब्याट्रि सेल

विधुतीय सवारी साधन (EV) हरूले सामान्यतया तिनीहरूको दक्षता र नियन्त्रण फाइदाहरूको कारणले AC मोटरहरू प्रयोग गर्छन । EV ब्याट्रीमा DC को रूपमा पावर भण्डार गर्ने भएकोले, पावर ग्रिडबाट AC लाई चार्जिङको लागि गाडीको अनबोर्ड चार्जरले DC मा रूपान्तरण गर्नुपर्छ । जसले गर्दा AC चार्जर भएको ठाउँमा चार्ज गर्न मिल्छ । यसको विपरीत, गाडी चल्दा, AC मोटरलाई चलाउन ब्याट्रीबाट DC लाई AC मा रूपान्तरण गरिन्छ।

EV चार्जिंग सिस्टम

अन-बोर्ड चार्जर (On-Board) : ब्याट्रि चार्ज गर्न गाडी भित्र नै कम्पनिहरुले AC बाट DC बनाउने ब्यवस्था गरेका हुन्छन । यसलाई अन-बोर्ड चार्जर भनिन्छ । यसमा गाडीमा सिधै AC इनपुटको रुपमा दिइन्छ । यसबाट ब्याट्रि ढिलो चार्ज हुन्छ ।

अफ-बोर्ड चार्जर (Off-Board) : यसमा ब्याट्रि चार्ज गर्न गाडि बाहिरै AC बाट DC बनाइन्छ, अनि गाडीमा DC पावर इनपुटको रुपमा दिइन्छ । गाडीमा भएको अन-बोर्ड चार्जर बाई-पास हुन्छ । यसबाट छिटो ब्याट्रि चार्ज हुन्छ ।

EV मा काम गर्ने प्रक्रिया

Scroll to Top