बिधुतिय सवारी साधन किन्नु अघि ध्यान दिनुपर्ने कुराहरू

अहिले दिन प्रति दिन बिधुतिय गाडीहरुको प्रयोग बढ्दो मात्रामा छ । दैनिक खर्च कम लाग्ने हुनाले मानिसहरु यस प्रति आकर्षित हुनु शोभाविक हो । साथै वातावरणीय हिसाबले पनि यो राम्रो मानिन्छ । आउनुहोस बिधुतिय गाडी किन्दा के-के कुरामा साबधानि हुन सकियो भने आफुलाई फाइदा पुग्छ भन्ने कुरा हेरौं ।

सड्राइभिङ बानी र जीवनशैली

तपाईं सामान्यतया प्रत्येक दिन कति टाढा ड्राइभ गर्नुहुन्छ भनेर विचार गर्नुहोस । EV हरू छोटो यात्राको लागि एकदम राम्रो मानिन्छ तर लामो यात्राको लागि योजना बनाउन आवश्यक पर्न सक्छ। यदि तपाईं बारम्बार लामो दुरीको यात्रा गर्नुहुन्छ भने चार्जिङ्गले समय लिने हुनाले यो तपाइको लागी उपयुक्त नहुन सक्छ । चिसो मौसमले ब्याट्री दक्षता घटाउने हुनाले आफ्नो स्थानीय हावापानीलाई ध्यानमा राख्नुहोस ।

ब्याट्रीपावर र चार्जिङ स्टेशन

– ब्याट्री कति पावरको छ हेर्नुहोस् र यसले तपाईंको आवश्यकताहरू पूरा गर्दछ कि गर्दैन, बिचार गर्नुहोस ।
– तपाईंको घर, कार्यालय र आफु हिड्ने रुटमा चार्जिङ स्टेशनहरुको सुबिधा छ कि छैन ध्यान दिनुहोस ।
– ब्याट्रि कति छिटो चार्ज हुन्छ त्यसलाई पनि बिचार गर्नुहोस । केहीले ३० मिनेट भन्दा कममा रिचार्ज गर्न सक्छन्, जबकि अरूले घण्टा लिन्छन ।
– तपाईंको स्थानीय पावर ग्रिड कति सफा छ वा पावरको निरन्तरता कति छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । पावर कट-अफ भइरहने भएमा ब्याट्रि फुल चार्ज नहुन सक्छ ।

लागत

– तपाईले गाडी चलाउने बानीले दिर्घकालिन रुपमा पेट्रोल वा डिजलको भन्दा सस्तो पर्छ कि पर्दैन सोको पनि हिसाब गर्नुहोस ।
– मर्मतसम्भारमा लाग्ने लागत EV हरूमा कम हुन्छन ।

EV Charger

रिसेल मूल्य र दीर्घायु

– समयसँगै ब्याट्रीको पावर घट्दै जाने हुनाले, वारेन्टी र अपेक्षित आयु जाँच गर्नुहोस ।

– आफ्नो ठाउँमा EV को रिसेल मूल्य कस्तो छ, बुझिराख्नुहोस ।

– केही EV हरूमा सफ्टवेयर अपडेटको सुविधा हुन्छ जसले प्रदर्शन सुधार गर्दछ र सुविधाहरू थप्छ, मोबाइलमा जस्तै ।

EV किन्नु भनेको केवल गाडी छनौट गर्नु मात्र होइन – यो नयाँ जीवनशैली अपनाउनु हो। आफ्नो ड्राइभिङ बानी, चार्जिङ स्टेशन, वित्तीय अवस्था र दीर्घकालीन दिगोपनको बारेमा सोच्नुहोस । यदि यी मिल्छन भने, EV एक स्मार्ट र भविष्यको लागि उपयुक्त विकल्प हुन सक्छ।

Scroll to Top