घरमा ब्याकअप पावरको लागि कुन ब्याट्री राम्रो छ C10 वा C20?

जब तपाईं हामी सोलार सिस्टम लगाउन चाहन्छौं, घरमा इन्भर्टरहरू, वा अन्य धेरै ब्याक-अपमा प्रयोगको लागि ब्याट्रीहरू हेर्छौं, हामीले प्रायः C10 र C20 मा कुन लिने जस्ता शब्दहरू भेट्छौं । यी तेत्तिकै राखेका संख्याहरू होइनन्, यो महत्वपूर्ण छ ।  तिनीहरू फरक डिस्चार्ज करेन्ट अन्तर्गत ब्याट्रीले कसरी काम गर्छ भन्ने कुराको महत्त्वपूर्ण सूचकहरू हुन्, र तिनीहरूलाई बुझ्दा तपाईं हामीले लामो समयसम्म पैसा बचत गर्न सक्छौं।

C10 र C20 को अर्थ के हो?

C10 वा C20 मा ‘C’ ले ब्याट्रको डिस्चार्ज करेन्टको दरलाई जनाउँछ, जुन ब्याट्री यसको अधिकतम क्षमताको सापेक्षमा डिस्चार्ज हुने दरको मापन हो। ‘C’ सँग जोडिएको संख्याले ब्याट्रीलाई यसको मूल्याङ्कन गरिएको क्षमता प्रदान गर्न डिजाइन गरिएको घण्टाको संख्यालाई जनाउँछ।

यदि C10 भएको १०० Ah  को  ब्याट्रि छ भने, यो १० घण्टाको लागि १० Amps करेन्ट प्रदान गर्न सक्छ (१० Amps * १० Hour = १०० Ah) । ब्याट्रिबाट १० एम्पियर करेन्ट प्रयोग गरेमा १० घण्टा टिक्छ । यदि डिस्चार्ज करेन्ट १० एम्पियर भन्दा माथि भयो loss हुन शुरु हुनाले ब्याट्रिको क्षमता घट्दै जान्छ । मानौ डिस्चार्ज करेन्ट २० एम्पियर छ भने ५ घण्टा टिक्न सक्दैन ।

यदि C20 भएको १०० Ah  को  ब्याट्रि छ भने, यो 20 घण्टाको लागि 5 Amps करेन्ट प्रदान गर्न सक्छ (५ Amps * २० Hour = १०० Ah) । ब्याट्रिबाट ५ एम्पियर करेन्ट प्रयोग गरेमा २० घण्टा टिक्छ । यसमा पनि डिस्चार्ज करेन्ट बढाएर १० एम्पियर पुर्‌यायो भने १० घण्टा टिक्न सक्दैन ।

डिस्चार्ज दर किन महत्त्वपूर्ण छ?

यो एकदमै महर्वपूर्ण छ । यो एउटा इलेक्ट्रोकेमिकल भएकाले रासायनिक प्रतिक्रिया गर्नु पर्ने हुन्छ । त्यसैले जति कम करेन्टमा डिस्चार्ज गर्‌यो तेति नै लामो समयसम्म टिक्ने हुन्छ । C20 भन्दा C10 छिटो डिस्चार्ज हुन्छ भने रिचार्ज पनि छिटो हुन्छ, धेरै लोड थेग्न सक्ने हुन्छ । ब्याट्रि कम्पनिहरुले C10 ब्याट्रिमा वारेन्टि पनि धेरै दिएका हुन्छन, त्यसैले C20 भन्दा C10 ब्याट्रि केहि महंगो हुन्छ  ।

Scroll to Top