ब्याट्रीमा

नै किन प्रयोग गर्ने ?

ब्याट्रीलाई लामो समय सम्म चलाइराख्नको लागी डिस्टिल्ड वाटर र यसको शुद्धता महत्वपूर्ण भुमिका हुन्छ । फेरि ब्याट्रीमा कम हुने भनेको पानीको मात्रा मात्र हो, एसिडको मात्रा कहिले पानि कम हुंदैन वा सुक्दैन । त्यसैले एसिड पनि ब्याट्रीमा प्रयोग गर्नु हुंदैन । त्यसकारण यी कारणहरुले गर्दा हामीले ब्याट्रीमा डिस्टिल्ड वाटर नै प्रयोग गर्नुपर्छ ।

१. शुद्धता

डिस्टिल्ड वाटरमा धाराको पानी वा अन्य स्रोतहरूमा हुने अशुद्धता र खनिजहरू हुंदैन । क्याल्सियम, म्याग्नेसियम र आइरन जस्ता तत्त्वहरूले ब्याट्री प्लेटहरूमा खराब प्रतिक्रिया गर्छ, जसले ब्याट्रीको दक्षता कम गर्छ ।

२. इलेक्ट्रोलाइटको सन्तुलन

लिड एसिड ब्याट्रीहरूमा सल्फ्यूरिक एसिड र पानीको मिश्रणलाई इलेक्ट्रोलाइटको रूपमा प्रयोग गरिन्छ । समयको साथ, इलेक्ट्रोलाइटमा पानी वाष्पीकरण हुन सक्छ वा इलेक्ट्रोलाइसिसको कारण पानीमा हुने आयोनहरु टुट्न सक्छ जसले गर्दा ब्याट्रीमा पानीको मात्रा कम हुन्छ र यसलाई उचित मात्रमा पुन: भर्न आवश्यक छ डिस्टिल्ड वाटरको प्रयोगले इलेक्ट्रोलाइटमा कुनै अतिरिक्त रसायन वा अशुद्धताहरू नभएको सुनिश्चितता हुन्छ, जसले गर्दा ब्याट्रीको रासायनिक सन्तुलन कायम भैराख्छ ।

३. पूर्ण रुपमा काम गर्न

डिस्टिल्ड वाटरको प्रयोग गर्दा अन्य रसायनिक प्रतिक्रिया नहुने र अन्य क्षति नहुने हुनाले ब्याट्रीले आफ्नो काम पुर्ण रुपमा गर्छ ।

४. ब्याट्रीको आयु

डिस्टिल्ड वाटरमा दूषित पदार्थहरू नहुने हुनाले ब्याट्री भित्र अनावश्यक रासायनिक प्रतिक्रियाहरू हुंदैन, यसले ब्याट्री प्लेटहरुमा क्षति नहुने हुनाले लामो समयसम्म टिक्छ ।

५. ह्रास रोकथाम

डिस्टिल्ड नगरियको पानीमा खनिज तत्व र अन्य अशुद्धताले टर्मिनल र कनेक्टरहरू सहित ब्याट्री कम्पोनेन्टहरूमा खिया लाग्ने तथा अन्य ह्रास निम्त्याउंछ । डिस्टिल्ड वाटरले ब्याट्री र यसका कम्पोनेन्टहरूको भौतिक अवस्था कायम राख्न मद्दत गर्छ ।

Scroll to Top